“विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ बमोजिम कसुर गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-१२-११
- A
- A-
- A+
बुद्ध एयर प्रा.लि. को हवाई टिकट खरिद बिक्रीको लागि विकसित अनलाईन कम्प्युटर प्रणाली (Software) मा अनाधिकृत रुपमा पहुँच पुर्याई गैर कानुनी रुपमा बिभिन्न हवाई टिकटहरु बनाई अबैध लाभ लिने कार्यमा संलग्न बिकाश भारती समेत २ जनालाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१२।१० गते काठमाण्डौ जिल्ला का.म.न.पा वडा नं ०९ गौशाला बत्तिसपुतलीबाट पक्राउ गरी विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाण्डौ पठाईएको ।
१. नाम : बिकाश भारती
उमेर : ४५ बर्ष
ठेगाना : जि. मोरङ, रंगेली न.पा वडा नं ७
हाल : का.जि, तारकेश्वर न.पा वडा नं ९
२. नाम : बाबुराम अधिकारी
उमेर : ३७ बर्ष
ठेगाना : जि. गोरखा, अजिरकोट गा.पा वडा नं ०३
हाल : का.जि, तारकेश्वर न.पा वडा नं ०४