प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

" हत्या गरी फरार रहेका व्यक्ति पक्राउ "

२०८१-१२-१२

  • A
  • A-
  • A+
Share

मिति २०८१/१२/१० गते अं. ०६:३० बजेको समयमा जिल्ला खोटाङ कपिलासगढी गा.पा. वडा नं. -२ बाक्सिला घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडे वस्ने  बर्ष ६५ को ओम प्रकाश राईलाई कर्तब्य गरी मारेको घटनामा वारदात पश्चात फरार रहेका जिल्ला रोल्पा, परिवर्तन गा.पा. वडा नं. -३ ईरिवाङ घर भई हाल जिल्ला काठमाण्डौं कागेश्वरी नगरपालिका वडा नं. ६ मुलपानी पाटिटार बस्ने   वर्ष ५७  को हिमाल बुढामगरलाई जिल्ला काठमाण्डौ कागेश्‍वरी मनोहरा न. पा.-६ मुलपानी एरियाबाट विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटीएको प्रहरी टोलीले मिति २०८१/१२/११ गते पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी बृत्त ठिमी पठाईएको  ।

पक्राउ व्यक्ति

नाम :-  हिमाल बुढामगर

उमेर :-  ५७ बर्ष

वतन :- जिल्ला रोल्पा परिवर्तन गा.पा. वडा नं. – ३  ईरिवाङ ।

सम्बन्धित समाचार
“वैदेशिक रोजगारीको लागि बुल्गेरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-१२-१४

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि बुल्गेरिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा. वडा नं.९ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:-१.  नाम थर           :-    आशा परियारउमेर                :-    ५७ वर्ष      स्थायी वतन      :-    जिल्ला झापा बिर्तामोड न.पा. वडा नं.४ । हाल                :-    जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा. वडा नं.९ ।   बिगो रकम        :-    रु. २,००,०००।- (दुई लाख) देश                 :-    बुल्गेरियापक्राउ मिति      :-    २०८१।१२।१४ गते ।पक्राउ स्थान      :-    जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा. वडा नं.९ ।  पीडित संख्या    :-    २ जना   

“बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-१२-१३

ईन्दिरा खड्का लगायतका व्यक्तिहरुको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बिराज तामाङ भएको बैकिङ कसूर मुद्दामा फरार रहेका जिल्ला नुवाकोट, ककनी गा.पा वडा न.०४ घर भई हाल का.जि. नागार्जुन न.पा. वडा न. ०६ रामकोट बस्ने वर्ष ३६ को बिराज तामाङलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१२।१२ गते जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१० नयाँबानेश्‍वरबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत, महाराजगंज पठाईएको ।            साथै, पक्राउ प्रतिवादी बिराज तामाङको नाममा अन्य प्रहरी कार्यालयहरुमा समेत नौ वटा मुद्दा दर्ता भई फरार रहेको अभिलेखबाट देखिन आएको ।पक्राउ प्रतिवादी :नाम : बिराज तामाङउमेर : ३६ बर्षठेगाना : जि. नुवाकोट, ककनी गा.पा वडा न. ४हाल : का.जि. नागार्जुन न.पा. वडा न. ०६ विगो रकम : रू.१,४६,४४,०००।- (एक करोड छयालिस लाख चौवालिस हजार)

" कुटपिट गरी हत्या गर्ने व्यक्तिहरु पक्राउ "
२०८१-१२-१२

मिती २०८१/११/२६ गते राती अं. ११:०० बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ७ नगदेश स्थित पाटीमा सुतिरहेका वर्ष ३२ को लक्ष्मण खड्कालाई कुटपिट गरी सख्त् घाईते बनाएकोमा उपचारको लागि मध्यपुर ठिमी स्थित कोरियन अस्पतालमा लगिएको र उक्त अस्पतालले थप उपचारको लागि मिती २०८१/११/२७ गते राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौ रेफर गरी पठाएकोमा ऐ. मितिमा उपचारको क्रममा निजको मृत्यु भएको घटनामा संलग्न व्याक्तिहरुको खोजतलास गर्ने क्रममा मिति २०८१/१२/१० गते बर्ष ३८ को खैरे भन्ने यादव पौडेल र बर्ष २६ को अनिष  तामाङलाई  यस कार्यालयवाट खटीएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी बृत्त ठिमी पठाईएको  । पक्राउ व्यक्ति १.    नाम :-  खैरे भन्ने यादव पौडेल ।उमेर :-   बर्ष ३८वतन :- जिल्ला सर्लाही लालबन्दी नगरपलिका वडा नं. ९ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ६२.    नाम :- अनिष  तामाङ        उमेर:- बर्ष २६       वतन :- जिल्ला सिन्धुली  तिन पाटन गाऊँ पालिका वडा नं. ११ चकमके घर भई हाल काठमाण्डौ जिल्ला कागेश्वरी मनोहारा नगरपालिका वडा नं. ४  ब्रह्मखेल

“ वैदेशिक रोजगारीको लागि यु.ए.इ पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८१-१२-१२

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि यु.ए.इ लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई काठमाण्डौं जिल्ला काठमाण्डौँ म.न.पा. वडा नं.०४, सुकेधारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको । पक्राउ व्यक्ति:-१.  नाम थर           :-    सुवास थापाउमेर                :-    ४१ वर्ष      वतन                :-   जिल्ला काठमाण्डौं चन्द्रगिरी न.पा. वडा नं.०६ ।बिगो रकम        :-    रु. १,२०,०००।- (एक लाख बिस हजार ) देश                 :-    यु.ए.इपक्राउ मिति      :-    २०८१।१२।११ गते ।पक्राउ स्थान      :-  जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०४ ।  पीडित संख्या    :-    १ जना   

“बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-१२-११

खगेन्द्र बहादुर सोपको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बिजय लम्साल भएको बैकिङ कसूर मुद्दामा फरार रहेका का.जि.का.म.न.पा. वडा नं. ३१ घर भई हाल का.जि.बुढानिलकण्ठ न.पा. वडा नं.०४ बस्ने वर्ष ४० को बिजय लम्साललाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१२।१० गते का.जि.का.म.न.पा.वडा नं.०२ लाजिम्पाटबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, कैलाली पठाईएको ।             साथै, पक्राउ प्रतिवादी बिजय लम्सालको नाममा अन्य प्रहरी कार्यालयहरूमा समेत चार वटा मुद्दा दर्ता रही फरार रहेको अभिलेखबाट देखिन आएको ।पक्राउ प्रतिवादी :नाम : बिजय लम्साल उमेर : ४० बर्षठेगाना : का.जि. का.म.न.पा. वडा नं. ३१हाल : का.जि.बुढानिलकण्ठ न.पा. वडा नं.०४ विगो रकम : रू. १,४९,५०,०००।- (एक करोड उनन्पचास लाख पचास हजार)

“ वैदेशिक रोजगारीको लागि माल्दिभ्स पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८१-१२-११

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि माल्दिभ्स लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई काठमाण्डौं जिल्ला काठमाण्डौँ म.न.पा. वडा नं.१२, टेकुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको । पक्राउ व्यक्ति:-१.  नाम थर           :-    हरी बहादुर रुचालउमेर                :-    ५१ वर्ष      वतन                :-   जिल्ला रामेछाप खाँडादेवी गा.पा. वडा नं.०५ ।हाल                :-    भक्तपुर  जिल्ला मध्यपुर ठिमी न.पा. वडा नं.०५ ।  बिगो रकम        :-    रु. २,२४,०००।- (दुई लाख चौबिस हजार ) देश                 :-    माल्दिभ्स पक्राउ मिति      :-    २०८१।१२।११ गते ।पक्राउ स्थान      :-    काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.१२ । पीडित संख्या    :-    १ जना