“बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-१२-१३
- A
- A-
- A+
ईन्दिरा खड्का लगायतका व्यक्तिहरुको जाहेरीले
वादी नेपाल सरकार प्रतिवादी बिराज तामाङ भएको बैकिङ कसूर मुद्दामा फरार रहेका
जिल्ला नुवाकोट, ककनी गा.पा वडा न.०४ घर भई हाल का.जि.
नागार्जुन न.पा. वडा न. ०६ रामकोट बस्ने वर्ष ३६ को बिराज तामाङलाई यस कार्यालयबाट
खटिएको प्रहरी टोलीले मिति २०८१।१२।१२ गते जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१०
नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत,
महाराजगंज पठाईएको
।
साथै, पक्राउ प्रतिवादी बिराज
तामाङको नाममा अन्य प्रहरी कार्यालयहरुमा
समेत नौ वटा मुद्दा दर्ता भई फरार रहेको अभिलेखबाट देखिन आएको ।
पक्राउ प्रतिवादी :
नाम : बिराज तामाङ
उमेर : ३६
बर्ष
ठेगाना
: जि. नुवाकोट, ककनी गा.पा वडा न. ४
हाल : का.जि. नागार्जुन न.पा. वडा न. ०६
विगो रकम : रू.१,४६,४४,०००।- (एक
करोड छयालिस लाख चौवालिस हजार)