“ठगी कार्यमा संलग्न व्यक्ति पक्राउ”
२०८१-१२-२५
- A
- A-
- A+
जिल्ला सिन्धुपाल्चोक
मेलम्ची न.पा वडा नं.१ घर भई हाल जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा. वडा नं. ७
दक्षिणढोका बस्ने राम कुमार चौलागाईले जाहेरवालालाई हुदै नभएको जग्गालाई आफ्नो भनि ठगी
गर्ने उद्देश्यले अरुको प्लटिङ गरेको जग्गा देखाई सस्तो राम्रो मूल्यमा घडेरी
रहेको घर बनाउन पनि मिल्ने पछि बेचे राम्रो मूल्यमा आउँछ भनि बिभिन्न प्रलोभन
देखाई रु ४५,५०,०००।– (अक्षेरुपी पैतालिस
लाख पचाँस हजार रुपैँया) लिई वैना कागज गरेकोमा उक्त जग्गा मालपोत कार्यालयको अभिलेखमा समेत दर्ता नदेखिएकोले निजको नाममा
काठमाण्डौ जिल्ला अदालतबाट मिति २०८१।१२।२१ गते ठगी सम्बन्धी कसुरमा पक्राउ पुर्जि जारी भई फरार रहेकोमा निजलाई
खोजतलास गर्ने क्रममा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१२।२५ गते अं.
बिहान ६:०० बजेको समयमा जिल्ला काठमाण्डौं
गोकर्णेश्वर न.पा. वडा नं.७ दक्षिणढोकाबाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली
काठमाण्डौ पठाईएको ।
साथै यस अघि निजको बिरुद्दमा जिल्ला प्रहरी
परिसर तथा मातहतका बिभिन्न प्रहरी कार्यालयहरुबाट जम्मा ८ वटा ठगी तथा बैंकिङ कसूर
सम्बन्धी मुद्दाहरु जम्मा विगो रु १,७४,८५,०००।– रकम बराबरको दर्ता भई फरार रहेको
अभिलेखबाट देखिएको ।
पक्राउ प्रतिवादीः-
नाम:- राम कुमार चौलागाई
उमेर:- ४३ बर्ष
वतन:- जिल्ला सिन्धुपाल्चोक मेलम्ची न.पा. वडा नं.१ भोटेचौर ।