“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७८-०९-२९
- A
- A-
- A+
सुष्मा
लिम्बुको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला खोटाङ, फेदी गा.वि.स.वडा
नं.०३ परिवर्तित कपिलासगढी गा.पा.वडा नं.०९ स्थायी वतन भई हाल का.जि.जोरपाटी बस्ने
वर्ष ३२ को प्रकाश राई (विगो रू. ४०,०००००।- (चालिस लाख) भएको बैंकिङ कसुर मुद्दामा
श्री उच्च अदालत, पाटन ललितपुरबाट मिति २०७८।०७।१० गते पक्राउ पुर्जी जारी भई फरार
रहेका निज प्रतिवादिलाई यस अपराध महाशाखाको टोलीले का.जि.जोरपाटीमा लुकिछिपी
बसिरहेको अवस्थामा मिति २०७८।०९।२९ गते पक्राउ गरी थप अनुसन्धानको लागि
म.न.प्र.परिसर, काठमाण्डौमा पठाईएको ।
पक्राउ व्यक्ति:
नाम :- प्रकाश राई
उमेर :- ३२ बर्ष
ठेगाना :- जिल्ला खोटाङ, फेदी गा.वि.स.वडा नं.०३ परिवर्तित कपिलासगढी
गा.पा.वडा नं.०९
हाल :- का.जि.जोरपाटी