“कैद सजाय तोकिई फरार रहेका व्यक्ति पक्राउ”
२०८१-१२-२८
- A
- A-
- A+
वादी बिनोद कुमार महतो, प्रतिवादी यक्षध्वज
कार्की भएको लेनदेन बिगो सम्बन्धी कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला
अदालतको मिति २०७९।०३।२८ गते विगो रू.१६,२८,५००।- (सोह्र लाख अठ्ठाईस हजार पाँच सय) बापत १ (एक) बर्ष कैद ठहर हुने फैसला भई
फरार रहेका
निम्न वतन भएका प्रतिवादी यक्षध्वज कार्कीलाई
मिति
२०८१।१२।२८ गते अं. १४:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ३२
नयाँबानेश्वरबाट पक्राउ गरी फैसला
कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला
अदालत, बबरमहल काठमाण्डौमा पठाईएको ।
पक्राउ व्यक्तिः-
१.
नामः
यक्षध्वज कार्की ।
उमेर : ६९ वर्ष
ठेगानाः जिल्ला दोलखा गौरीशंकर गाउँपालिका वडा नं. ८ घर भई
हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा
नं. ३२ बस्ने ।