" ठगी सम्बन्धी मुद्दाका प्रतिवादी पक्राउ "
२०८२-०१-०९
- A
- A-
- A+
हिमालयन
एक्सप्लोरेशन ट्राभल्स एण्ड टुर्स प्रा.लि.का संचालक ईश्वर लुइटेलले भारत, मलेसिया, सिंगापुर र दुबईमा भ्रमण गर्न लाई प्रति व्यक्ति रु.२,७०,०००।- (दुई लाख सत्तरी हजार) लाग्छ भनी ४ जनाबाट जनही रू.२,७०,०००।- (दुई लाख सत्तरी हजार) का दरले रु.१०,८०,००० (दश लाख असि हजार) लिइ नेपालबाट भारत, मलेसिया, सिङ्गापुर हुँदै दुबई पुर्याई खाना, बस्न समेतको पैसा नतिरि सम्पर्क बिहिन भई ठगी गरेको भन्ने व्यहोराको निवेदन यस कार्यालयमा प्राप्त हुन आएको
हुँदा निज हिमालयन एक्सप्लोरेशन
ट्राभल्स एण्ड टुर्स प्रा.लि.का संचालक जिल्ला ओखलढुङ्गा चम्पादेवी गाउँपालिका वडा
नं. ६ घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. १२ बस्ने वर्ष २७ को ईश्वर
लुइटेललाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०१।०८ गते पक्राउ गरी
ठगी सम्बन्धी आवश्यक अनुसन्धान एंव कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली
काठमाण्डौ पठाइएको ।
अनुसन्धानबाट
खुल्न आएका कुरा:
गुनु लामाको जाहेरीले रु
६,००,०००।–( छ लाख) रहेको बैंकिङ कसुर मुद्दामा प्रहरी बृत्त सिंहदरबारबाट फरार
रहेको ।
पक्राउ ब्यक्तिको विवरण:-
नामथर : ईश्वर लुइटेल
उमेर : २७ बर्ष
ठेगाना : जिल्ला ओखलढुंगा चम्पादेवी गाउँपालिका वडा
नं. ६
हाल : जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. १२