" राज्य बिरुद्द र संगठित अपराध एंव आपराधिक उपद्रव कसूरका प्रतिवादी पक्राउ "
२०८२-०१-१०
- A
- A-
- A+
प्रहरी प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दुर्गा प्रसाई समेत भएको राज्य बिरुद्ध र संगठित अपराध एंव आपराधिक उपद्रव सम्बन्धी कसुर समेतको मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौबाट पक्राउ अनुमति जारी भई फरार रहेका प्रतिवादी जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल न.पा. वडा नं. ३ बस्ने बर्ष ४० को मनोज भन्ने मिनोज थापालाई यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले मिति २०८२।०१।१० गते जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. १३ साँगाबाट पक्राउ गरी थप अनुसन्धान तथा कानूनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको ।
पक्राउ ब्यक्तिको विवरण:-
नामथर : मनोज भन्ने मिनोज थापा
उमेर : ४० बर्ष
ठेगाना : जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल न.पा. वडा नं. ३