"वैदेशिक रोजगारीको लागी विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तीहरु पक्राउ "
२०८२-०१-१०
- A
- A-
- A+
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।
पक्राउ ब्यक्तिहरुको विवरण:-
१.नाम थर :- राजेश कुमार महरा
उमेर :- २४ वर्ष
स्थायी वतन :-जिल्ला सिरहा मिर्चैया न.पा. वडा नं.०६ ।
हाल :-
जिल्ला काठमाण्डौं किर्तिपुर न.पा.वडा नं. ०५
।
बिगो रकम :- रु.६,५०,०००।- (छ लाख पचास हजार)
देश :- सर्विया
पक्राउ
मिति :- २०८२/०१/०९ गते ।
पक्राउ
स्थान :-जिल्ला
काठमाण्डौं का.म. न.पा. वडा नं.०८ ।
पीडित संख्या :-१ जना
२.नाम थर :- पदमा शाही
उमेर :- ३० वर्ष
स्थायी वतन :-
जिल्ला अछाम तुर्माखाँद गा.पा. वडा नं.०८ ।
हाल :- ललितपुर जिल्ला ललितपुर म. न.पा. वडा नं.१७ ।
बिगो रकम :- रु.३,३०,०००।- (तिन लाख
तिस हजार)
देश :- यु.ए.इ
पक्राउ
मिति :- २०८२/०१/१० गते ।
पक्राउ
स्थान :-ललितपुर जिल्ला ललितपुर म. न.पा. वडा नं.१५ ।
पीडित
संख्या :- १ जना