"वैदेशिक रोजगारीको लागी अजरबैजान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ती पक्राउ "
२०८२-०१-११
- A
- A-
- A+
घटना विवरण :
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी अजरबैजान लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ११ बबरमहलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।
पक्राउ ब्यक्तिको विवरण:-
नाम थर :- अनिल देवकोटा
उमेर :- २२ वर्ष
स्थायी वतन :-जिल्ला गोरखा अजिरकोट गा.पा. वडा नं.०४ ।
हाल :-
जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. १६
।
बिगो रकम :- रु.६,००,०००।- (छ लाख)
देश :- अजरबैजान
पक्राउ
मिति :- २०८२/०१/१० गते ।
पक्राउ
स्थान :-जिल्ला
काठमाण्डौं का.म. न.पा. वडा नं.११ ।
पीडित
संख्या :-२ जना