" बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०१-११
- A
- A-
- A+
सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी जिल्ला सिन्धुली भिमस्थान गा.बि.स. वडा नं.३ परिवर्तित तीनपाटन गा.पा.वडा नं.३ घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं.८ भंगाल बस्ने बर्ष ३६ को एक राज श्रेष्ठलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०१।१० गते अं.१६:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ९ सिनामंगलबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरी बृत्त नयाँबानेश्वर काठमाण्डौ पठाईएको ।
पक्राउ ब्यक्तिको विवरण:-
नामथर : एक राज श्रेष्ठ
उमेर : ३६ बर्ष
ठेगाना : जिल्ला सिन्धुली भिमस्थान गा.बि.स. वडा नं.३ परिवर्तित तीनपाटन गा.पा.वडा नं.३
हाल : जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा.
वडा नं.८ भंगाल