"वैदेशिक रोजगारीको लागी चेक रिपब्लिक पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ती पक्राउ "
२०८२-०१-१२
- A
- A-
- A+
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी चेक रिपब्लिक लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.०९ सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।
पक्राउ ब्यक्तिको विवरण:-
नाम थर :- नारायण बस्नेत
उमेर :- ३१ वर्ष
स्थायी वतन :-जिल्ला दाङ तुलसीपुर उ.म.न.पा. वडा नं.०६ ।
हाल :-
जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. ०९
।
बिगो रकम :- रु.३,४०,०००।- (तिन लाख चालिस हजार)
देश :- चेक रिपब्लिक
पक्राउ
मिति :- २०८२/०१/१२ गते ।
पक्राउ
स्थान :-जिल्ला
काठमाण्डौं का.म. न.पा. वडा नं.०९ ।
पीडित
संख्या :-१ जना