“ठगी” र "बैंकिङ कसुर” मुद्दाको प्रतिवादीहरु पक्राउ "
२०८२-०१-१५
- A
- A-
- A+
वादी नेपाल सरकार, प्रतिवादी दिनेश गौतम समेत भएको ठगी मुद्दामा निज प्रतिवादीको नाममा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट मिति २०८१।११।०१ गते पक्राउ अनुमति जारी भई फरार रहेका निज प्रतिवादीलाई खोजतलास गर्ने क्रममा मिति २०८२।०१।१४ गते बिहान ११:०० बजे काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ६ बौद्धबाट पक्राउ तथा वादी नेपाल सरकार प्रतिवादी सविता शाक्य भएको बैकिङ कसुर मुद्दामा निज प्रतिवादीको नाममा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट मिति २०८१।१२।१९ गते पक्राउ अनुमति जारी भई फरार रहेका निज प्रतिवादीलाई खोजतलास गर्ने क्रममा मिति २०८२।०१।१४ गते काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. २८ डिल्लीबजारबाट पक्राउ गरी निज प्रतिवादीहरुलाई आवश्यक कारवाहीको लागि ऐ. मितिमा जिल्ला प्रहरी परिसर,भद्रकाली काठमाण्डौ पठाईएको ।
पक्राउ ब्यक्तिहरुको विवरण:-
१. नामथर: दिनेश गौतम
उमेर
: ४१ बर्ष
ठेगाना : जि. काभ्रे चौरीदेउराली गा.पा.
वडा नं. ५ घर भई हाल का.जि.का.म.पा. ६ बौद्ध बस्ने ।
मुद्दा: ठगी सम्बन्धी कसुर,
२. नामथर: सविना शाक्य
उमेर
: ४१ बर्ष
ठेगाना : जि. गोरखा गोरखा न.पा. वडा
नं. ४ पोखरीथोक घर भई हाल का.जि.का.म.पा. २६ सामाखुशी बस्ने ।
मुद्दा: बैंकिङ कसुर,