" ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०१-१६
- A
- A-
- A+
सामाजिक सञ्जाल Facebook मार्फत साथी भई कुराकानी गरी आफु
पूर्व प्रहरी हाल अमेरिकाबाट फर्केर यार्सागुम्बा खरिद बिक्री गर्ने व्यवसाय
गरी रहेको छु, यस व्यवसायमा लगानी गर्दा राम्रो नाफा हुन्छ भनी झुक्यानमा पारी,
प्रलोभन देखाई पटक पटक गरी रु.३६,०२,१६६।–
(अक्षरुपी छत्तीस लाख दुई हजार एक सय छैसठ्ठी मात्र) रकम पठाउन लगाई ठगी गर्ने
कार्यमा संलग्न रहेका निम्न वतन भएका व्यक्तिलाई मिति २०८१।०१।१५ गते जिल्ला
काठमाण्डौ, काठमाण्डौ महानगरपालिका वडा नं. २६ ठमेल स्थित ठमेल दोहोरी साँझबाट
पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली,
काठमाण्डौ पठाईएको ।
v पक्राउ
व्यक्ति:-
१.
नामथर:-
दिपेन्द्र सिंह
उमेर:- ४१ बर्ष
ठेगाना:- जिल्ला जाजरकोट नलगाड न.पा.वडा नं.७ दल्ली
घर भई
हाल जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.२६ ठमेल बस्ने ।
v पक्राउ
परेको व्यक्तिको थप विवरण:-
१) जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ३० लाख रकम बराबरको बैंकिङ कसुरको मुद्धा
रहेको,
२) जिल्ला प्रहरी कार्यालय बाँकेमा नेपाल प्रहरीमा भर्ती गराई दिने भनी १० लाख
रकम बराबरको ठगी मुद्धा रहेको,
३) ईलाका प्रहरी कार्यालय कोहलपुरमा नेपाली सेनामा भर्ती गराई दिने भनी ४ लाख रकम
बराबरको ठगी मुद्धा रहेको ।