"वैदेशिक रोजगारीको लागी माल्टा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०१-१६
- A
- A-
- A+
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी माल्टा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.१ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
नाम थर :- सुजन कुमार उप्रेती
उमेर :- ५६ वर्ष
स्थायी वतन :- जिल्ला काठमाणडौं का.म.न.पा. वडा नं.२ ।
बिगो रकम :- रु.२४,००,०००।- (चौबिस लाख)
देश :- माल्टा
पक्राउ
मिति :- २०८२/०१/१६ गते ।
पक्राउ स्थान :-जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा नं.१ ।
पीडित संख्या:-१ जना