"वैदेशिक रोजगारीको लागी विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०१-१७
- A
- A-
- A+
घटना विवरण :
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:
१. नाम थर :- सम्पुर्ण के.सी.
उमेर :- ३९ वर्ष
स्थायी वतन :- जिल्ला ललितपुर महालक्ष्मी न.पा.५ ।
बिगो रकम :- रु.३५,००,०००।- (पैँतिस लाख)
देश :- यु.के.
पक्राउ
मिति :- २०८२/०१/१६ गते ।
पक्राउ स्थान :- जिल्ला ललितपुर महालक्ष्मी न.पा.५ ।
पीडित संख्या:-१ जना
२. नाम थर :- सुजन गिरी
उमेर :- २९ वर्ष
स्थायी वतन :- जिल्ला काभ्रेपलाञ्चोक पाँचखाल न.पा. वडा नं.३ ।
हाल
: जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.३ ।
बिगो रकम :- रु.२६,६५,०००।- (छब्बिस लाख पैँसट्ठी हजार)
देश :- यु.के.
पक्राउ
मिति :- २०८२/०१/१७ गते ।
पक्राउ स्थान :-जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा नं.३१ ।
पीडित संख्या:-१ जना
३. नाम थर :- सिर बहादुर बराल
उमेर :- ५८ वर्ष
स्थायी वतन :- जिल्ला पाल्पा रम्भा गा.पा. वडा नं.५ ।
हाल
: जिल्ला काठमाण्डौं का.म.न.पा.
वडा नं.३ ।
बिगो रकम :- रु.७,५०,०००।- (सात लाख पचास हजार)
देश :- दक्षिण कोरिया
पक्राउ
मिति :- २०८२/०१/१७ गते ।
पक्राउ स्थान :-जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा नं.१२ ।
पीडित संख्या:-१ जना
४. नाम थर :- सरस्वती देवकोटा
उमेर :- ३३ वर्ष
स्थायी वतन :- जिल्ला काठमाण्डौं तार्केश्वर न.पा. वडा
नं. ४ ।
बिगो रकम :- रु.१,००,०००।- (एक लाख )
देश :- यु.ए.इ.
पक्राउ
मिति :- २०८२/०१/१७ गते ।
पक्राउ स्थान :-जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा नं.१२ ।
पीडित संख्या:-२ जना