“धारिलो हतियार प्रयोग गरी हत्या गर्ने ब्यक्ति पक्राउ ’’
२०८२-०१-१९
- A
- A-
- A+
जिल्ला काठमाण्डौ
का.म.न.पा.वडा नं.२०, स्थित परोपकार पुलमुनी मिति २०८२।०१।१६ गते दिनको अन्दाजी ११:३०
वजेको समयमा धारिलो हतियार प्रहारबाट घाईते अबस्थामा फेला परेका जिल्ला
काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका वडा नं. १०, स्थायी घर भएका अं. वर्ष ४२/४३ को
माईला भन्ने बिक्रम तामाङलाई तत्काल उपचारको लागी राष्ट्रिय ट्रमा सेन्टर
काठमाण्डौमा लगिएकोमा सोही दिन अन्दाजी
१२:२५ बजेको समयमा निजको मृत्यु भएको घटना सम्बन्धमा यस कार्यालयबाट खटिएको प्रहरी
टोलिले बिभिन्न विधी र प्रबिधीको प्रयोग गरी अनुसन्धान गर्ने क्रममा निम्न
उल्लेखित ब्यक्तिले घटना घटाएको खुल्न आएकोले निजलाई मिति २०८२/०१/१७ गते का.जि.
का.म.न.पा. वडा नं.-१५,
डल्लुबाट पक्राउ गरी ज्यान सम्बन्धि कसूरमा आबश्यक कारवाहीको लागि प्रहरी वृत जनसेवा पठाईएको ।
पक्राउ व्यक्ति
नाम :- आशिष श्रेष्ठ ।
उमेर :- बर्ष ३२
वतन :- जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी वडा नं.७ घर भइ हाल काठमाण्डौ जिल्ला का.म.न.पा-५ डल्लु बस्ने ।
बराबद दशीका सामानहरु
१) घटनामा
प्रयोग भएको चक्कु ।
२) सामसुङको
मोबाइल थान-१
३) घटना
हुँदा प्रयोग भएको झोला,सर्ट,पाइन्ट,जुत्ता,कपडाको माक्स थान -१