"ठगी गरी फरार रहेका व्यक्तिहरु पक्राउ "
२०८२-०१-१९
- A
- A-
- A+
कन्सल्टेन्सी मार्फत विद्यार्थी
भिषामा अमेरीका जान एक दिनको लागी बैक ब्यालेन्स देखाउन आफुलाई रु ६१,००,०००
(एकसठ्ठी लाख) रकम आवश्यक भएको भनि बहाना बनाई जाहेरवालालाई झुक्याई, प्रलोभनमा
पारी उक्त रकम दिन आग्रह गरी आफ्नो खातामा
रकम जम्मा भए पश्चात तुरुन्त अन्यत्र विभिन्न ब्यक्तिहरुको खाताहरुमा सम्पूर्ण रकम
रकमान्तरण गराई ठगी गरी सम्पर्क विहिन भए पश्चात पिडितले दिएको जाहेरीको आधारमा यस
कार्यालय बाट खटिएको प्रहरी टोलीले आवश्यक अनुसन्धान गरी उक्त ठगी कार्यमा संलग्न निम्न
उल्लेखित दुई जना व्यक्तिहरुलाई मिति २०८२।०१।१८ गते का.जि.का.म.न.पा. वडा नं.२७, सुन्धाराबाट पक्राउ
गरी ठगी सम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी
परिसर, काठमाण्डौं पठाईएको ।
पक्राउ ब्यक्तिहरुको विवरण:-
१) नामथर : विशाल घिमिरे
उमेर
: २० (वर्ष)
ठेगाना : जिल्ला काभ्रेपलान्चोक बनेपा न.पा. वडा न.०२
हाल : जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा.वडा नं. ०१
२) नामथरः प्रिन्स कुमार
उमेर ; १८ ( वर्ष)
ठेगानाः जिल्ला
रौतहट गरुडा न.पा.वडा न.०४
हाल ; का.जि.का.म.न.वडा
न. २७,सुन्धारा