"वैदेशिक रोजगारीको लागी विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०१-२१
- A
- A-
- A+
घटना विवरण :
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं जिल्लाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:
१. नाम थर :-जितेन्द्र बस्नेत
उमेर :- ३६ वर्ष
स्थायी वतन :- जिल्ला दोलखा जिरी न.पा. वडा नं.३ ।
हाल :-जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा
नं.३ ।
बिगो रकम :- रु. ५,००,०००।- (पाँच लाख)
देश :- क्रोएसिया
पक्राउ
मिति :- २०८२/०१/१९ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.९ ।
पीडित संख्या:-१ जना
२. नाम थर :- नरेन्द्र बहादुर तामाङ
उमेर :- ३६ वर्ष
स्थायी वतन :- जिल्ला उदयपुर उदयपुरगढी गा.पा. वडा नं.६ ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा
नं.१५
बिगो रकम :- रु. ३,००,०००।- (तीन लाख)
देश :- यु.ए.इ.
पक्राउ
मिति :- २०८२/०१/१९ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२२ ।
पीडित संख्या:-२ जना
३. नाम थर :- नर बहादुर खड्का थोकी
उमेर :- ५६ वर्ष
स्थायी वतन :- जिल्ला स्याङ्जा वालिङ न.पा. वडा नं.७ ।
हाल :-
जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं.२६ ।
बिगो रकम :- रु.४,६५,००० - (चार लाख पैँसट्ठी हजार)
देश :- पोर्चुगल
पक्राउ
मिति :- २०८२/०१/२१ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ ।
पीडित संख्या:-१ जना