प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"वैदेशिक रोजगारीको लागी विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"

२०८२-०१-२४

  • A
  • A-
  • A+
Share

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको

पक्राउ व्यक्तिहरुको विवरण:-

१. नाम थर       :- जसमान तामाङ

उमेर           :- २८ वर्ष

स्थायी वतन :- जिल्ला नुवाकोट बिदुर न.पा. वडा नं.१३ ।

हाल          :- काठमाण्डौं जिल्ला तार्केश्वर न.पा. वडा नं.०२ ।

बिगो रकम   :- रु.५,२०,००० ।-(पाँच लाख बिस हजार)

देश            :- पोल्याण्ड

पक्राउ मिति  :- २०८२/०१/२३ गते ।

पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ ।

पीडित संख्या:- जना


२. नाम थर       :- भुपाल श्रेष्ठ

उमेर           :- ३६ वर्ष

स्थायी वतन :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.१६ ।

हाल          :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.०९ ।

बिगो रकम   :- रु.८,००,०००।-(आठ लाख)

देश            :- क्यानडा

पक्राउ मिति  :- २०८२/०१/२४ गते ।

पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ ।

पीडित संख्या:- जना


३. नाम थर       :- मिन बहादुर थापा

उमेर           :- ४८ वर्ष

स्थायी वतन :- जिल्ला स्याङ्जा गल्याङ न.पा. वडा नं.०४ ।

हाल          :- काठमाण्डौं जिल्ला नागार्जुन न.पा. वडा नं.०५ ।

बिगो रकम   :- रु.७५,००,०००।-(पचहत्तर लाख)

देश            :- क्यानडा

पक्राउ मिति  :- २०८२/०१/२४ गते ।

पक्राउ स्थान :-जिल्ला काठमाण्डौं नागार्जुन न.पा. वडा नं.०५ ।

पीडित संख्या:- जना

सम्बन्धित समाचार
“बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८२-०३-२०

प्रेम बहादुर गुरुङको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुनिल लामा भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका जिल्ला मकवानपुर, हेटौडा उ.प.न.पा. वडा नं.०४ स्थायी वतन भई हाल का.जि. चन्द्रागिरी न.पा.वडा नं.०६ बस्ने वर्ष ३६ को सुनिल लामालाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।२० गते का.जि. चन्द्रागिरी न.पा.वडा नं.०५ गुर्जुधाराबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय सिमरा, बारा पठाईएको ।          साथै, पक्राउ प्रतिवादी सुनिल लामाको नाममा अन्य प्रहरी कार्यालयहरुमा समेत ३ वटा मुद्दा दर्ता भई फरार रहेको अभिलेखबाट देखिन आएको ।पक्राउ प्रतिवादी : नाम :  सुनिल लामा उमेर : ३६ वर्ष  ठेगाना : जि. मकवानपुर, हेटौडा उ.प.न.पा. वडा नं.०४ हाल : का.जि. चन्द्रागिरी न.पा.वडा नं.०६  बिगो रकम: रू. ३७,००,०००।– ( सैत्तिस लाख मात्र)

"वैदेशिक रोजगारीको लागि लक्जेम्बर्ग पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०३-२०

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि लक्जेम्बर्ग लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं.०४ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिको विवरण:-१. नाम थर       :- भुप नारायण चौधरीउमेर            :- ४० वर्षस्थायी वतन  :- जिल्ला नवलपरासी(पश्चिम) सरावल गा.पा.वडा नं.०२ ।हाल            :- जिल्ला ललितपुर कोन्ज्योसोम गा.पा. वडा नं.०४ ।देश             :- लक्जेम्बर्गविगो रकम    :- रु. १२,००,०००।– (बाह्र लाख)पक्राउ मिति   :- २०८२/०३/१९ गते ।पक्राउ स्थान  :- ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं.०४ ।पठाइएको कार्यालय:- जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं  ।    पीडित संख्या :- २ जना ।

“बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८२-०३-२०

जमुना चाम्लिङ राईको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी प्रलाद खड्का भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका जिल्ला सिन्धुली, दुधौली न.पा. वडा नं.०८ स्थायी वतन भई हाल का.जि.का.म.न.पा.वडा नं.०७ चाबहिल बस्ने वर्ष ३० को प्रलाद खड्कालाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते का.जि.का.म.न.पा.वडा नं.०७ चावहिल गंगाहिटीबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौ पठाईएको ।          साथै, पक्राउ प्रतिवादी प्रलाद खड्काको नाममा अन्य प्रहरी कार्यालयहरुमा समेत ४ वटा मुद्दा दर्ता भई फरार रहेको अभिलेखबाट देखिन आएको ।पक्राउ प्रतिवादी : नाम :  प्रलाद खड्का उमेर : ३० वर्ष  ठेगाना : जि. सिन्धुली, दुधौली न.पा. वडा नं.०८ हाल : का.जि.का.म.न.पा.वडा नं.०७  कुल जम्मा बिगो रकम: रू. ४७,३६,७५०।– ( सरचालिस लाख छत्तिस हजार सात सय पचास मात्र)

"वैदेशिक रोजगारीको लागि यु.के. पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०३-१८

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि यु.के. लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. ०४ एकान्तकुनाबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिको विवरण:-१. नाम थर       :- प्रभाष रिसाल उमेर            :- ४० वर्षस्थायी वतन  :- ललितपुर जिल्ला ललितपुर म.न.पा.वडा नं.२५ ।देश             :- यु.के.विगो रकम    :- रु. १,२०,४४,०००।–(एक करोड बिस लाख चवालिस हजार)पक्राउ मिति   :- २०८२/०३/१८ गते ।पक्राउ स्थान  :- ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं.०४ ।     पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं  ।

“फरार प्रतिवादी पक्राउ”
२०८२-०३-१८

शिव शंकर पोखरेलको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बिक्रम चौहान भएको  बैंकिङ कसुर मुद्दामा ( ०७९-CB -३१११) सम्मानित  उच्च अदालत पाटनको मिति २०८०।०२।०२ गतेको फैसलाले निज प्रतिवादीलाई २ (दुई) दिन कैद र रु.६,१०,०००/- (छ लाख दश हजार रुपैया) जरीवाना र क्षतिपुर्ती बापत शुल्क रु.२०,४००।– (बीस हजार चार सय)  पीडित राहत कोषमा बुझाउनु पर्ने ठहर भई हाल सम्म फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी  फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहल पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-   नामथर: बिक्रम चौहान   उमेर: ३० बर्ष   ठेगाना: जिल्ला सिन्धुली दुधौली न.पा वडा नं ३ स्थाई वतन भई हाल काठमाण्डौ जिल्ला नागार्जुन न.पा वडा नं १० स्युचाटार     बस्ने,   बिगो: रु. ६,१०,०००/- (छ लाख दश हजार रुपैंया)   पक्राउ मिति: २०८२।०३।१८ गते   पक्राउ स्थान:  काठमाण्डौ जिल्ला नागार्जुन न.पा वडा नं १० स्युचाटार 

“लागू औषध (चरेश) मुद्दाको फरार प्रतिवादी पक्राउ”
२०८२-०३-१८

वादी नेपाल सरकार प्रतिवादी कुशल राजबाहक भएको लागू औषध (चरेश) मुद्दामा (०७७-C१-१३९०) सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहलको मिति २०७८।०९।२० गतेको फैसलाले निम्नानुसारको सजाय तोकिएका प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति र स्थानबाट पक्राउ गरी मिति २०८२।०३।१८ गते फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहल पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:- नामथर: कुशल राजबाहक       उमेर:  ३१ बर्ष       ठेगाना: जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. ९ स्थायी ठेगाना भई ऐ.ऐ.बस्ने       सजाय: १ बर्ष कैद र  रु.५,०००/- (पाँच हजार) जरीवाना       पक्राउ मिति: २०८२।०३।१७ गते       पक्राउ स्थान: जिल्ला भक्तपुर मध्यपुर ठिमी