"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-०१-२५
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:-
१. नाम थर :- अर्जुन सुर्खेती
उमेर :- ३२ वर्ष
स्थायी वतन :- जिल्ला धादिङ त्रिपुरासुन्दरी गा.पा. वडा नं.०२ ।
हाल :- काठमाण्डौं जिल्ला बुढानिलकण्ठ
न.पा. वडा नं.०२ ।
पक्राउ स्थान :- काठमाण्डौं जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.०८ ।
२. नाम थर :- रुपेश ढकाल
उमेर :- २४ वर्ष
स्थायी वतन :- जिल्ला धादिङ त्रिपुरासुन्दरी गा.पा. वडा नं.०२ ।
हाल :- काठमाण्डौं जिल्ला तार्केश्वर न.पा.
वडा नं.०५ ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ ।
बिगो रकम :- रु.३५,००,००० ।-(पैँतिस लाख)
देश :- जर्मन
पक्राउ मिति :- २०८२/०१/२४ गते ।
पीडित संख्या:- २ जना
३. नाम थर :- मोतीसरा खत्री
उमेर :- ५० वर्ष
स्थायी वतन :- जिल्ला दाङ बबई गा.पा. वडा नं.५ ।
बिगो रकम :- रु.५,००,०००।-(पाँच लाख)
देश :- अमेरीका
पक्राउ मिति :- २०८२/०१/२५ गते ।
पक्राउ स्थान :-जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१३ ।
पीडित संख्या:-१ जना