"वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"
२०८२-०१-२६
- A
- A-
- A+
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी
रोजगारीका लागि क्यानडा लैजाने भन्दै
लामो समयसम्म
झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त
उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं.२५ भैसेपाटीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार
विभाग ताहाचल काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
नाम थर :- सुदिप मान सिंह बस्नेत
उमेर :- ३४ वर्ष
स्थायी वतन
:- जिल्ला काठमाण्डौ,
काठमाण्डौ महानगरपालिका वडा नं. ४
बिगो रकम :- रु.६,००,०००।- ( छ लाख )
देश :- क्यानडा
पक्राउ मिति :- २०८२/०१/२६ गते ।
पक्राउ स्थान :- जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. २५ भैसेपाटी ।
पीडित संख्या:-१ जना
अनुसन्धानबाट खुल्न
आएका कुराहरु:-
प्रमोद गुरुङको जाहेरीले रु ७,००,०००।–( सात
लाख) रहेको बैंकिङ कसुर मुद्दामा प्रहरी बृत्त महराजगंजबाट फरार रहेको ।