"वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०१-२६
- A
- A-
- A+
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको
प्रलोभनमा पारी रोजगारीका लागि क्रोएसिया लैजाने भन्दै
लामो समयसम्म
झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त
उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०५ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार
विभाग ताहाचल काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
१. नाम थर :- गुमान सिंह तामाङ
उमेर :- ४३ वर्ष
स्थायी वतन :- जिल्ला काभ्रेपलाञ्चोक रोशी गा.पा. वडा नं.९ ।
हाल :- जिल्ला भक्तपुर सुर्यविनायक न.पा.
वडा नं.८ ।
बिगो रकम :- रु.१,७५,०००।-(एक लाख पचहत्तर हजार)
देश :- क्रोएसिया
पक्राउ
मिति :- २०८२/०१/२५ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.५ ।