“अबैध हुण्डी मार्फत कारोवार गर्ने मानिसहरु पक्राउ’’
२०८२-०१-२८
- A
- A-
- A+
जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.२२ न्युरोड एरियामा नेपाल राष्ट्र बैकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत बित्तिय कारोबार हुने गरेको सूचनाको आधारमा मिति २०८२/१/२६ गते यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.२२ न्युरोड बिशालबजार स्थितमा बिजय कुमार राई र खेटराज श्रेष्ठलाई शंकास्पद अवस्थामा फेला पारी निजहरुको साथवाट हुण्डी कारोवारको लागि बोकेको रु. ४२,१०,०००। ( बयालिस लाख दश हजार ) सहित पक्राउ गरी आज मिति २०८२/०१/२८ गते मुलकी अपराध संहिता २०७४ को दफा १२५ (क) बमोजिम हुण्डी सम्वन्धी कारोवार गर्न नहुने कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागी जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्तिहरु :-
1.
जिल्ला खोटाङ बराहपोखरी गाउँपालिका वडा नं.२ स्थायी वतन
भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.३२ बस्ने बर्ष २३ को बिजय कुमार राई ।
2. जिल्ला रामेछाप मन्थली न.पा.वडा नं.६ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.३२ बस्ने बर्ष २८ को खेटराज श्रेष्ठ ।
वरामद दशीहरु:-
- बिजय कुमार
राईको साथबाट जम्मा रु .२५,००,०००/-(पच्चिस
लाख), बिभिन्न व्यक्तिहरुको चेक थान-३, मोबाईल थान-१ ।
- खेटराज
श्रेष्ठको साथवाट रु.१७,१०,०००।–(सत्र
लाख दश हजार), बिभिन्न व्यक्तिहरुको चेक थान-३, मोबाईल थान-१ ।