प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"

२०८२-०१-२८

  • A
  • A-
  • A+
Share

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं.५ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको

पक्राउ व्यक्तिको विवरण:-

१. नाम थर       :- दिपा कुमारी पोख्रेल

उमेर           :- ३३ वर्ष

         स्थायी वतन  :- जिल्ला महोत्तरी बर्दिबास न.पा. वडा नं.५ ।

हाल          :- जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं.५ ।

बिगो रकम   :- रु.२,००,०००।-(दुई लाख)

देश            :- पोल्याण्ड

पक्राउ मिति  :- २०८२/०१/२७ गते ।

पक्राउ स्थान :- जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं.५ ।

पीडित संख्या:- जना

सम्बन्धित समाचार
"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०१-३०

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:१. नाम थर       :- प्रेम बहादुर साउदउमेर           :- ३५ वर्ष         स्थायी वतन  :- जिल्ला बर्दिया ठाकुरबाबा न.पा. वडा नं. ०१ । बिगो रकम   :- रु.४१,९०,०००/-(एकचालिस लाख नब्बे हजार) देश            :- आयरल्याण्डपक्राउ मिति  :- २०८२/०१/२९ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ । पीडित संख्या:-३ जना२. नाम थर       :- ललित बोहराउमेर           :- २१ वर्ष         स्थायी वतन  :- जिल्ला सुर्खेत सिम्ता गा.पा. वडा नं. ०८ ।हाल          :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०१।बिगो रकम   :- रु.१०,००,०००।-(दश लाख)देश            :- यु.के.पक्राउ मिति  :- २०८२/०१/३० गते ।पक्राउ स्थान :- ललितपुर जिल्ला ललितपुर म.न.पा.वडा नं.३ । पीडित संख्या:-१ जना

" डाँका चोरी मुद्दाका प्रतिवादीहरु पक्राउ "
२०८२-०१-२८

काठमाण्डौ जिल्ला का.म.न.पा वडा न. १४ कंलकी स्थित Hotel Mens को कोठा न. ४०२ मा प्रवेश गरी आफुलाई प्रहरी भनि बताउने व्यक्तिहरुले पीडितहरुलाई डरत्रास देखाई बोले कराएमा मारी दिने तथा बिभिन्न मुद्दामा समेत फसाई दिने जस्ता धाक धम्कीहरु दिई बैंक खाता तथा E–sewa मा रकम पठाउन लगाई तथा नगदै रकम समेत गरी जम्मा रु.३,६३,०००।– (तिन लाख त्रिसठ्ठी हजार) रकम डाँका चोरी गरेको भन्ने सूचना यस कार्यालयमा प्राप्‍त भए पश्चात यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०१।२७ गते उक्त कार्यमा संलग्न ८ (आठ) जना व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८२।०१।२८ गते जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:-  १.  नाम:-अनिष के.सी उमेर:-२४ बर्ष ठेगाना:- जिल्ला नवलपरासी गैडाकोट न.पा. वडा नं. २  हाल:- का.जि.का.म.न.पा. वडा नं.२६ ठमेल २.नाम:- अतित क्षेत्री  उमेर:- २५ बर्ष ठेगाना:- जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं.१८ हाल:- का.जि.का.म.न.पा. वडा नं.२६ ठमेल३. नाम:- सन्दिप बि.क. उमेर:- २४ बर्ष ठेगाना:- जिल्ला चितवन भरतपुर म.न.पा वडा नं. ११  हाल:- का.जि.का.म.न.पा. वडा नं.२६ ठमेल४. नाम:- सन्दिप परियारउमेर:- २३ बर्षठेगाना:- जिल्ला नवलपुर दिपचुली न.पा. वडा नं.१६ हाल:- का.जि.का.म.न.पा. वडा नं.२६ ठमेल५. नाम थर:- दिप्सन भन्ने विवेक मल्ल ठकुरीउमेर:- २५ वर्ष ठेगाना:- जिल्ला नवलपुर गैंडाकोट न.पा. वडा नं. ११ हर्कपुर हाल:- का.जि.का.म.न.पा. वडा नं.२६ ठमेल६. नाम:- बादल तामाङ उमेर:- २२ बर्षठेगाना :-जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं. १० हाल :- का.जि.का.म.न.पा. वडा नं.२६ ठमेल७. नाम थर:- सक्रिया खनिया  उमेर:- १९ वर्ष ठेगाना:- जिल्ला लमजुङ उदिपुर न.पा. वडा नं.२  हाल:- जिल्ला काठमाण्डौ टोखा८. नाम थर:- कबिता राई उमेर:- २४ वर्ष  ठेगाना:- जिल्ला सुनसरी धरान उ.म.न.पा.वडा नं. १७ हाल:- जिल्ला काठमाण्डौ कपनबरामद समाग्रीहरु:-१.   विभिन्न कम्पनीको मोबाइल थान-९२.  Royal enfield कम्पनीको निलो रंगको बागमती प्रदेश ०२-०५३ प.९८७८ नं. को मोटरसाईकल थान-१ ३.  नगद रु. ५२,०००।- (बाउन्न हजार)

“लागू औषध” मुद्दाको प्रतिवादी पक्राउ "
२०८२-०१-२८

वादी नेपाल सरकार प्रतिवादी ईन्द्र प्रसाद कपाली भएको लागू औषध मुद्दा (०७७-C१-११७६) मा सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहलको मिति २०७७।०९।१५ गतेको फैसला बमोजिम कैद २ बर्ष र जरीवाना रु. १,००,०००/-(एक लाख मात्र) ठहर भई कैद तथा जरीवाना असुल समेत बाँकी रही फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत,बबरमहल पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:- १.नामथर: ईन्द्र प्रसाद कपाली    उमेर    :  ३१ बर्ष    ठेगाना : भक्तपुर जि. भक्तपुर न.पा. वडा नं.४ घर भई हाल ऐ.ऐ. बस्ने ।    मुद्दा: लागू औषध    पक्राउ मिति: २०८२।०१।२६ गते    पक्राउ स्थान: भक्तपुर जि. भक्तपुर न.पा. वडा नं.४, 

“अबैध हुण्डी मार्फत कारोवार गर्ने मानिसहरु पक्राउ’’
२०८२-०१-२८

जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.२२ न्युरोड एरियामा नेपाल राष्ट्र बैकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत बित्तिय कारोबार हुने गरेको सूचनाको आधारमा मिति २०८२/१/२६ गते यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.२२ न्युरोड बिशालबजार स्थितमा बिजय कुमार राई र खेटराज श्रेष्ठलाई शंकास्पद अवस्थामा फेला पारी निजहरुको साथवाट हुण्डी कारोवारको लागि बोकेको रु. ४२,१०,०००। ( बयालिस लाख दश हजार ) सहित पक्राउ गरी आज मिति २०८२/०१/२८ गते मुलकी अपराध संहिता २०७४ को दफा १२५ (क) बमोजिम हुण्डी सम्वन्धी कारोवार गर्न नहुने कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागी जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाण्डौ पठाईएको ।पक्राउ व्यक्तिहरु :-1.      जिल्ला खोटाङ बराहपोखरी  गाउँपालिका वडा नं.२ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.३२ बस्ने बर्ष २३ को बिजय कुमार राई । 2.      जिल्ला रामेछाप मन्थली न.पा.वडा नं.६ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.३२ बस्ने बर्ष २८ को खेटराज श्रेष्ठ ।वरामद दशीहरु:- बिजय कुमार राईको साथबाट जम्मा  रु .२५,००,०००/-(पच्चिस लाख), बिभिन्न व्यक्तिहरुको चेक थान-३, मोबाईल थान-१ । खेटराज श्रेष्ठको साथवाट रु.१७,१०,०००।–(सत्र लाख दश हजार), बिभिन्न व्यक्तिहरुको चेक थान-३, मोबाईल थान-१ ।

" गृहमन्त्रीको साथी भन्दै धाक, धम्की दिने व्यक्ति पक्राउ "
२०८२-०१-२८

आफू माननीय गृहमन्त्रीको साथी भएको भनी विभिन्न कार्यालयका कर्तब्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई टेलीफोन मार्फत गाली गलौच तथा डरत्रास धाक, धम्की दिई  दैनिक काम काजमा समेत वाधा अवरोध गरेको भन्ने सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०१।२७ गते बेलुका  अं. १७:०० बजेको समयमा जिल्ला काभ्रेपलान्चोक बनेपा न.पा. वडा नं. ८ तिनदोबाटोबाट उक्त कार्यमा संलग्न निम्न व्यक्तिलाई पक्राउ गरी मुलुकी अपराध संहिताको परिच्छेद २ को दफा ८५ बमोजिम राष्ट्रसेवक कर्मचारीलाई काम काजमा बाधा बिरोध गर्न नहुने कसुरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाईएको ।पक्राउ ब्यक्तिको विवरण:-                                                                                             नामथर :   राज कुमार श्रेष्ठउमेर    :  ५० (वर्ष) ठेगाना : जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा वडा नं.३ ।

"वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"
२०८२-०१-२६

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि क्यानडा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं.२५ भैसेपाटीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको । पक्राउ व्यक्तिको विवरण:-नाम थर       :- सुदिप मान सिंह बस्नेतउमेर           :- ३४ वर्षस्थायी वतन :- जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगरपालिका वडा नं. ४बिगो रकम   :- रु.६,००,०००।- ( छ लाख )देश            :- क्यानडापक्राउ मिति  :- २०८२/०१/२६ गते ।पक्राउ स्थान :- जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. २५ भैसेपाटी । पीडित संख्या:-१ जनाअनुसन्धानबाट खुल्न आएका कुराहरु:- प्रमोद गुरुङको जाहेरीले रु ७,००,०००।–( सात लाख) रहेको बैंकिङ कसुर मुद्दामा प्रहरी बृत्त महराजगंजबाट फरार रहेको ।