" गृहमन्त्रीको साथी भन्दै धाक, धम्की दिने व्यक्ति पक्राउ "
२०८२-०१-२८
- A
- A-
- A+
आफू माननीय गृहमन्त्रीको साथी भएको भनी विभिन्न कार्यालयका कर्तब्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई टेलीफोन मार्फत गाली गलौच तथा डरत्रास धाक, धम्की दिई दैनिक काम काजमा समेत वाधा अवरोध गरेको भन्ने सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०१।२७ गते बेलुका अं. १७:०० बजेको समयमा जिल्ला काभ्रेपलान्चोक बनेपा न.पा. वडा नं. ८ तिनदोबाटोबाट उक्त कार्यमा संलग्न निम्न व्यक्तिलाई पक्राउ गरी मुलुकी अपराध संहिताको परिच्छेद २ को दफा ८५ बमोजिम राष्ट्रसेवक कर्मचारीलाई काम काजमा बाधा बिरोध गर्न नहुने कसुरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाईएको ।
पक्राउ ब्यक्तिको विवरण:-
नामथर : राज कुमार श्रेष्ठ
उमेर : ५० (वर्ष)
ठेगाना : जिल्ला काभ्रेपलाञ्चोक बनेपा
न.पा वडा नं.३ ।