"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०१-३०
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:
१. नाम थर :- प्रेम बहादुर साउद
उमेर :- ३५ वर्ष
स्थायी वतन
:- जिल्ला बर्दिया ठाकुरबाबा न.पा. वडा नं. ०१ ।
बिगो रकम :- रु.४१,९०,०००/-(एकचालिस
लाख नब्बे हजार)
देश :- आयरल्याण्ड
पक्राउ मिति :- २०८२/०१/२९ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा नं.१२ ।
पीडित संख्या:-३ जना
२. नाम थर :- ललित बोहरा
उमेर :- २१ वर्ष
स्थायी वतन
:- जिल्ला सुर्खेत सिम्ता गा.पा. वडा नं. ०८ ।
हाल :- जिल्ला ललितपुर
महालक्ष्मी न.पा. वडा नं.०१।
बिगो रकम :- रु.१०,००,०००।-(दश लाख)
देश :- यु.के.
पक्राउ मिति :- २०८२/०१/३० गते ।
पक्राउ स्थान :- ललितपुर जिल्ला
ललितपुर म.न.पा.वडा नं.३ ।
पीडित संख्या:-१ जना