"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-०२-०१
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:-
१. नाम थर :- पासाङ नुरु शेर्पा
उमेर :- ४१ वर्ष
स्थायी वतन :- जिल्ला सोलुखुम्बु दुधकुण्ड न.पा. वडा नं.७ ।
हाल :- जिल्ला काठामाण्डौं तार्केश्वर न.पा. वडा नं.९ ।
बिगो रकम :- रु.१,८०,०००/-(एक
लाख असी हजार)
देश :- क्रोएसिया
पक्राउ मिति :- २०८२/०१/३० गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं
तार्केश्वर न.पा. वडा नं.९ ।
पीडित संख्या:- १ जना
२. नाम थर :- शारदा थापा
उमेर :- ४७ वर्ष
स्थायी वतन
:- जिल्ला स्याङ्जा पुतलीबजार न.पा.वडा नं.०४
।
हाल :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा
नं.०९ ।
बिगो रकम :- रु.८५,००,०००।-(पचासी लाख)
देश :- अमेरिका
पक्राउ मिति :- २०८२/०१/३१ गते ।
पक्राउ स्थान :- ललितपुर जिल्ला महालक्ष्मी न.पा.वडा नं.९ ।
पीडित संख्या:-१ जना