"वैदेशिक रोजगारी ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ"
२०८२-०२-०१
- A
- A-
- A+
सबललाल राई समेतको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी प्रकाश घर्तिमगर भएको वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्दामा बैदेशिक रोजगार बिभाग ताहाचल, काठमाण्डौबाट निज प्रतिवादीलाई पक्राउ गरी उपस्थित गराई दिने भन्ने व्यहोराको पत्र यस कार्यालयमा प्राप्त हुन आएको हुँदा निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०१।३० गते अं.१८:३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१४ कलंकीबाट पक्राउ गरी थप अनुसन्धान एवं कारवाहीको लागि मिति २०८२।०२।३१ गते वैदेशिक रोजगार बिभाग ताहाचल काठमाण्डौ पठाइएको ।
पक्राउ व्यक्तिको विवरण:-
नाम थर :-
प्रकाश घर्तिमगर
उमेर :- ३९ बर्ष
स्थायी वतन :- जिल्ला गुल्मी धुर्कोट गाउँपालिका वडा नं. १ नयाँगाउँ
हाल :- जिल्ला ललितपुर गोदावरी नगरपालिका वडा नं.३
पक्राउ
मिति :- २०८२।०१।३० गते
पक्राउ स्थान :- जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१४ कलंकी
पीडित संख्या:-३ जना
अनुसन्धानबाट खुल्न
आएका कुराहरु:-
विधा सागर केवतको जाहेरीले
रु ७,००,०००।–( सात लाख) रहेको बैंकिङ कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालय
रुपन्देहीबाट फरार रहेको ।