"वैदेशिक रोजगारी ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ"
२०८२-०२-०१
- A
- A-
- A+
महेश लिम्बुको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी लक्ष्मण पराजुली समेत भएको वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्दामा बैदेशिक रोजगार बिभाग ताहाचल, काठमाण्डौबाट मानिस पक्राउ गरी उपस्थित गराई दिने भन्ने व्यहोराको पत्र यस कार्यालयमा प्राप्त हुन आएको हुँदा पत्रमा उल्लेखित व्यक्तिहरु मध्येका राहुल पुन्जलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०१।३० गते अं.१६:३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.३२ तिनकुनेबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि मिति २०८२।०२।३१ गते वैदेशिक रोजगार बिभाग ताहाचल काठमाण्डौ पठाइएको ।
पक्राउ व्यक्तिको विवरण:-
नाम थर :-
राहुल पुन्ज
उमेर :- ३० बर्ष
स्थायी वतन :- जिल्ला धनुषा जनकनन्दिनी गाउँपालिका वडा नं.३
हाल :- जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा.वडा नं.१ लोकन्थली
पक्राउ
मिति :- २०८२/०१/३० गते ।
पक्राउ स्थान :- जिल्ला
काठमाण्डौ का.म.न.पा.वडा नं.३२ तिनकुने