राजन भट्टराई, बिशाल श्रेष्ठ र दिपेराज श्रेष्ठ समेतका व्यक्तिहरुले नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम बिनियम, निर्देशन, आदेश बिपरित क्रिप्टो करेन्सी/BTC बिट क्वाईनबाट बित्तिय कारोबार गर्ने गरेको भन्ने गोप्य सुचना महाशाखामा प्राप्त भई निजहरुको निग्रानी राख्न यस महाशाखाबाट बिशेष टोली परिचालन गरिएकोमा मिति २०७८/१०/०६ गते दिउसो काठमाण्डौको मिनभवनबाट तपसिलमा उल्लेखित ठेगाना भएका राजन भट्टराई बिशाल श्रेष्ठ र दिपेनराज श्रेष्ठलाई पक्राउ गरी ल्याइएकोमा निजहरुलाई बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको ।
खुल्न आएका कुराहरुः-
पक्राउ व्यक्तिहरु मध्येका राजन भट्टराईले हालसम्म ९७५ जना ब्यक्तिहरुसंग १९२६ पटक कारोबार गरेको, मंसिरदेखि पुससम्म लगभग रु.२६,००,०० ।- कारोबार गरेको र अन्य दुई व्यक्तिहरुले समेत कारोबार गरेको देखिन आएको ।
साथै नेपालमा Crypto Currency को कारोबार गर्ने गराउने कार्य नेपालको कानुन बिपरित रहेको र यस्तो कार्य गर्ने गराउने सबैलाई कानून बमोजिम सजाय हुने भएकोले यस्तो कार्य नगर्न, नगराउन हुन यसै बिज्ञप्ती मार्फत सबैमा जानकारी गराईन्छ ।
पक्राउ ब्यक्तिहरुः-
१. नाम:- राजन भट्टराई
उमेरः- २१ बर्ष
ठेगानाः- जिल्ला पर्बत फलेबास न.पा.वडा नं.११ कर्नास ।
हालः- जिल्ला कास्की पोखरा बस्ने
२. नामः- बिशाल श्रेष्ठ
उमेरः- २५ बर्ष
ठेगानाः- जिल्ला सुनसरी ईटहरी उ.म.न.पा.वडा नं.४ ईटहरी बस्ने
३. नामः-दिपेनराज श्रेष्ठ
उमेरः- २७ बर्ष
ठेगानाः- जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.११ थापाथली बस्ने ।