"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-०१
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:-
१. नाम थर :- न्याउरे तामाङ
उमेर :- ५४ वर्ष
स्थायी वतन
:- जिल्ला नुवाकोट म्यागङ गा.पा. वडा नं.१ ।
हाल :-
जिल्ला काठामाण्डौं टोखा न.पा. वडा नं.३ ।
देश :- यु.ए.ई.
पक्राउ मिति :- २०८२/०१/३१ गते ।
पक्राउ स्थान :- जिल्ला
काठामाण्डौं टोखा न.पा. वडा नं.३ ।
पीडित संख्या:- २ जना
बिगो रकम :- रु.१७,९६,५००/-(सत्र
लाख छयान्नब्बे हजार पाँच सय)
{नोट:- प्रतिवादी न्याउरे तामाङ उपर वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौंमा वैदेशिक रोजगार सम्बन्धी मुद्दा(बिगो रकम रु.२,६९,०००/-) र जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौंमा ठगी मुद्दा (बिगो रकम रु.१५,२७,५००) दर्ता भई फरार रहेको}
२. नाम थर :- जिवन कडरीया
उमेर :- ३५ वर्ष
स्थायी वतन
:- जिल्ला ताप्लेजुङ सिद्धिङ्वा गा.पा.वडा
नं.०६ ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा
नं.३० ।
देश :- दक्षिण कोरिया
पक्राउ मिति :- २०८२/०१/३१ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ ।
पीडित संख्या:-३ जना
बिगो रकम :- रु.७,२५,०००।-(सात लाख पच्चिस हजार)
{नोट:- प्रतिवादी जिवन कडरीया उपर
वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौंमा वैदेशिक रोजगार सम्बन्धी मुद्दा(बिगो
रकम रु.३,२०,०००/-), जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा बैंकिङ कसूर
मुद्दा(बिगो रकम रु.१,५५,०००/-) र प्रहरी वृत्त लैनचौर, काठमाण्डौंमा बैंकिङ कसूर
मुद्दा(बिगो रकम रु.२,५०,०००/-) दर्ता भई फरार रहेको}