“फरार प्रतिवादी पक्राउ”
२०८२-०२-०१
- A
- A-
- A+
वादी पुजा सोप एण्ड हाउसहोल्ड प्रोडक्ट प्रा.लि. प्रतिवादी सिताराम पौड्याल भएको करार बमोजिमको रकमको विगो मुद्दा (०७६-CP-१४२३) मा सम्मानित काठमाडौँ जिल्ला अदालतको मिति २०७६।११।२९ गतेको फैसलाले विगो रु.९,३६,५१७/-(अक्षरेपि नौ लाख छत्तिस हजार पाँच सय सत्र मात्र) बापत २ बर्ष कैद हुने गरी मिति २०८०।०९।१३ गते आदेश भई हाल सम्म फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौँ जिल्ला अदालत, बबरमहल पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: सिताराम पौड्याल
उमेर: ४४ बर्ष
ठेगाना: जि. सिन्धुपाल्चोक बलेफी गा.पा.
वडा नं.८ माखा
पक्राउ मिति: २०८२।०२।०१ गते
पक्राउ
स्थान: जि. ललितपुर ललितपुर म.न.पा. वडा नं.८ बालकुमारी