“ठगी मुद्दाका प्रतिवादी पक्राउ "
२०८२-०२-०१
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी सुरेन्द्र श्रेष्ठ (बुद्द दर्शन पर्यटन सहकारी संस्थाको अध्यक्ष ) समेत भएको ठगी मुद्दामा सम्मानित भक्तपुर जिल्ला अदालत, भक्तपुरबाट मिति २०८१।१२।१९ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: सुरेन्द्र श्रेष्ठ
उमेर: ४९ बर्ष
ठेगाना: जि. भक्तपुर मध्यपुर ठिमी न.पा.
वडा नं.३ गठ्ठाघर
मुद्दा: ठगी सम्बन्धी कसुर
विगो: १ करोड ५९ लाख (हाल सम्म खुलेको)
पक्राउ मिति: २०८२।०१।३१ गते
पक्राउ
स्थान: जि. भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं.३ गठ्ठाघर