“नक्कली सुनको मुर्ती देखाई ठगी गर्ने व्यक्ति पक्राउ"
२०८२-०२-०२
- A
- A-
- A+
नक्कली सुनको (वुद्ध भगवानको) मुर्ती सस्तो दर भाउमा मिलाई दिन्छु भनी प्रलोभनमा पारी मिति २०८१।०८।०८ गते जिल्ला धनकुटा, धनकुटा न.पा. वडा नं. ४ हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं. ६ बस्ने बर्ष ३९ को प्रेम कुमार वि.क. लाई नगद रु. १०,००,०००।–(दश लाख) र मिति २०८१।१२।११ गते जिल्ला सुनसरी बराहक्षेत्र न.पा. वडा नं. १ हाल जिल्ला काठमाण्डौं न्यूरोड बस्ने बर्ष २४ को राज कुमार वि.क. लाई रकम रु. ११,८५,०००।–(एघार लाख पचासी हजार) ठगी गरी फरार रहेको घटनाको अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न काशीनाथ पौडेललाई मिति २०८२।०२।०१ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाण्डौं पठाईएको ।
पक्राउ
प्रतिवादीको विवरण:-
१.नामथर:- काशीनाथ पौडेल
उमेर :- ४९ बर्ष
ठेगाना :- जिल्ला संखुवासभा धर्मदेवी
न.पा. वडा नं. ३ बाइसजोरे बस्ने ।
मुद्दा :- ठगी
जम्मा रकम:- रु. २१,८५,०००।–(एक्काइस
लाख पचासी हजार)
पक्राउ मिति :- २०८२।०२।०१ गते ।