"वैदेशिक रोजगारीको लागि ग्रिस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"
२०८२-०२-०४
- A
- A-
- A+
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि ग्रिस लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ टेकुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्ति विवरण:-
१. नाम थर :- नरबिर राई
उमेर :- ७६ वर्ष
स्थायी वतन
:- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा. वडा नं.७ ।
देश :- ग्रिस
बिगो रकम :- रु.८,००,०००।-(आठ लाख)
पक्राउ मिति :- २०८२/०२/०४ गते ।
पक्राउ स्थान :- जिल्ला
काठामाण्डौं का.म.न.पा. वडा नं.१२ ।
पीडित संख्या:- १ जना