"बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ"
२०८२-०२-०४
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी राकेश गुप्ता भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका जिल्ला बारा परवानीपुर गा.पा. वडा नं. ०५ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३२ कोटेश्वर महादेवस्थान वस्ने वर्ष ३१ को राकेश गुप्तालाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०२।०२ गते अन्दाजी १६:३० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. ३२ कोटेश्वर महादेवस्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागी प्रहरी वृत्त कालिमाटी, काठमाण्डौं पठाइएको ।
निज प्रतिवादी राकेश गुप्ता संलग्न अन्य
कसुरहरु :-
१. जिल्ला प्रहरी कार्यालय पर्सामा विगो रु. ७,५०,००० ।-
भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको ।
२. जिल्ला प्रहरी कार्यालय पर्सामा विगो रु. ३,००,००० ।-
भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको ।
३. जिल्ला प्रहरी कार्यालय पर्सामा विगो रु. ९,९०,००० ।-
भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको ।
४. जिल्ला प्रहरी कार्यालय पर्सामा विगो रु. ५,००,००० ।- भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको ।
पक्राउ व्यक्तिको विवरण:-
१. नाम थर :- राकेश गुप्ता
उमेर :- ३१ वर्ष
स्थाई वतन :- जिल्ला बारा परवानिपुर
गा.पा. वडा नं. ५ ।
हाल
:- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२।
बिगो रकम :- रु.५,००,०००।–(पाँच लाख)
पक्राउ मिति :- २०८२/०२/०२ गते ।
पक्राउ स्थान :- जिल्ला
काठामाण्डौं का.म.न.पा. वडा नं.३२ ।
पीडित संख्या:- १ जना