“बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८२-०२-०६
- A
- A-
- A+
प्रकाश
कटुवालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुजन घिसिङ तामाङ भएको बैंकिङ कसूर
मुद्दामा फरार रहेका जिल्ला रामेछाप, सुनापती गा.पा. वडा नं.०१ घर भई हाल जिल्ला
काठमाण्डौ का.म. न.पा.वडा नं.३१ बस्ने वर्ष २७ को सुजन घिसिङ तामाङलाई यस कार्यालयबाट
खटिएको प्रहरी टोलीले मिति २०८२।०२।०५ गते जिल्ला काठमाण्डौ, का.म.न.पा.वडा नं.३१ जोरपाटीबाट पक्राउ गरी
थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत, महाराजगंज
काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्तिको
विवरण:-
१) नाम : सुजन घिसिङ तामाङ
उमेर : २७ वर्ष
ठेगाना : जिल्ला रामेछाप, सुनापती गा.पा. वडा नं.०१
हाल: जिल्ला काठमाण्डौ, का.म.
न.पा.वडा नं.३१
बिगो रकमः रु.२८,५०,०००।– (अठ्ठाईस लाख पचास
हजार)