प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

" ठगी सम्बन्धी मुद्दाका प्रतिवादी पक्राउ "

२०८२-०२-०६

  • A
  • A-
  • A+
Share

   Gilt Travels & Tours Pvt. Ltd का संचालक श्रृजेश कार्कीले जर्मनमा हुन लागेको अन्तराष्ट्रिय अपाङगता सम्मेलन २०२५ मा सहभागी हुने व्यक्तिहरुको लागि हवाई टिकट, टर्कीको ट्रान्जीट भिसा र होटल बुकिङ समेत गरी दिन्छु भनि नक्कली कागजातहरु बनाइ रु. ४,३०,०००।– (चार लाख तिस हजार) रकम ठगी गरेको भन्ने व्यहोराको उजुरी यस कार्यालयमा प्राप्त हुन आएको हुँदा निज Gilt Travels & Tours Pvt.Ltd का संचालक जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.२६ लैनचौर बस्ने बर्ष २१ को श्रृजेश कार्कीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०२।०५ गते पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एंव कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाइएको ।

अनुसन्धानबाट खुल्न आएका कुराहरु:

Ø हिसि शेर्पाको जाहेरीले रु ७,५०,०००।– ( सात लाख पचास हजार) रहेको बैंकिङ कसुर मुद्दामा प्रहरी बृत्त जनसेवाबाट फरार रहेको ।

Ø राजिब तामाङको जाहेरीले रु ६,००,०००।– ( छ लाख ) रहेको बैंकिङ कसुर मुद्दामा प्रहरी बृत्त दरबारमार्गबाट फरार रहेको ।

 

 पक्राउ व्यक्तिको विवरण:-                                                                                            

नामथर : श्रृजेश कार्की

उमेर     २१ बर्ष

 ठेगाना : जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. २६ लैनचौर

हाल    : जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. २६ लैनचौर

सम्बन्धित समाचार
“बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८२-०२-०६

प्रकाश कटुवालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुजन घिसिङ तामाङ भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका जिल्ला रामेछाप, सुनापती गा.पा. वडा नं.०१ घर भई हाल जिल्ला काठमाण्डौ का.म. न.पा.वडा नं.३१ बस्ने वर्ष २७ को सुजन घिसिङ तामाङलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०२।०५ गते जिल्ला काठमाण्डौ, का.म.न.पा.वडा नं.३१ जोरपाटीबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत, महाराजगंज काठमाण्डौ पठाईएको ।      पक्राउ व्यक्तिको विवरण:-     १)     नाम : सुजन घिसिङ तामाङ                                                            उमेर : २७ वर्ष ठेगाना : जिल्ला रामेछाप, सुनापती गा.पा. वडा नं.०१ हाल: जिल्ला काठमाण्डौ, का.म. न.पा.वडा नं.३१  बिगो रकमः रु.२८,५०,०००।– (अठ्ठाईस लाख पचास हजार) 

“ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ ”
२०८२-०२-०६

सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी जिल्ला धनुषा जनकपुरधाम न.पा. वडा नं. ४ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ४ ईमाडोल बस्ने बर्ष ४० को विपलव कुमार कर्णलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०२।०५ गते अं.२०:०० बजेको समयमा जिल्ला ललितपुर महालक्ष्मी न.‍पा. वडा नं. ४ इमाडोलबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौ पठाईएको ।पक्राउ व्यक्तिको विवरण:-नाम थर       :- विपलव कुमार कर्णउमेर           :- ४० बर्षस्थायी वतन :- जिल्ला धनुषा जनकपुरधाम न.पा. वडा नं. ४हाल           :- जिल्ला ललितपुर महालक्ष्मी न.‍पा. वडा नं. ४ इमाडोल विगो रकम   :-  रु.१२,००,०००।– (बाह्र लाख)

“बैदेशिक रोजगारीको लागि दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गरी फरार रहेका व्यक्ति पक्राउ”
२०८२-०२-०६

बेरोजगार युवायुतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीको लागि दक्षिण कोरिया लैजाने भन्दै झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने व्यक्तिलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०२।०६ गते जिल्ला काठमाण्डौ, कागेश्वरी मनोहरा न.पा. वडा नं.१६ पेप्सीकोलाबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।         साथै, पक्राउ प्रतिवादी रमेश कुमार यादवको नाममा अन्य प्रहरी कार्यालयहरुमा समेत २ वटा मुद्दा दर्ता भई फरार रहेको अभिलेखबाट देखिन आएको ।पक्राउ व्यक्तिको विवरण:-     १)     नाम : रमेश कुमार यादव                                                            उमेर : ३२ वर्ष  ठेगाना : जिल्ला सुनसरी, इनरुवा न.पा. वडा न.०७ हाल: जिल्ला काठमाण्डौ,कागेश्ववरी न.पा.वडा नं.१६ पेप्सीकोला देशः दक्षिण कोरिया बिगो रकमः रु.२६,८०,०००।-(छब्बिस लाख असी हजार)  पीडित संख्याः ३ जना 

"बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ"
२०८२-०२-०४

       वादी नेपाल सरकार प्रतिवादी राकेश गुप्ता भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका जिल्ला बारा परवानीपुर गा.पा. वडा नं. ०५ घर भई हाल जिल्ला  काठमाण्डौं का.म.न.पा. वडा नं. ३२ कोटेश्वर महादेवस्थान वस्ने वर्ष ३१ को राकेश गुप्तालाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०२।०२ गते अन्दाजी १६:३० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. ३२ कोटेश्वर महादेवस्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागी प्रहरी वृत्त कालिमाटी, काठमाण्डौं पठाइएको । निज प्रतिवादी राकेश गुप्ता संलग्न अन्य कसुरहरु :- १. जिल्ला प्रहरी कार्यालय पर्सामा विगो रु. ७,५०,००० ।- भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको । २. जिल्ला प्रहरी कार्यालय पर्सामा विगो रु. ३,००,००० ।- भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको । ३. जिल्ला प्रहरी कार्यालय पर्सामा विगो रु. ९,९०,००० ।- भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको । ४. जिल्ला प्रहरी कार्यालय पर्सामा विगो रु. ५,००,००० ।- भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको ।       पक्राउ व्यक्तिको विवरण:-१. नाम थर       :- राकेश गुप्ताउमेर           :- ३१ वर्षस्थाई वतन   :- जिल्ला बारा परवानिपुर गा.पा. वडा नं. ५ ।हाल  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२।      बिगो रकम   :- रु.५,००,०००।–(पाँच लाख)पक्राउ मिति  :- २०८२/०२/०२ गते ।पक्राउ स्थान :- जिल्ला काठामाण्डौं का.म.न.पा. वडा नं.३२ । पीडित संख्या:- १ जना

"वैदेशिक रोजगारीको लागि ग्रिस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"
२०८२-०२-०४

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि ग्रिस लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ टेकुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।       पक्राउ व्यक्ति विवरण:-१. नाम थर       :- नरबिर राईउमेर           :- ७६ वर्षस्थायी वतन  :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा. वडा नं.७ । देश            :-  ग्रिस     बिगो रकम   :- रु.८,००,०००।-(आठ लाख)पक्राउ मिति  :- २०८२/०२/०४ गते ।पक्राउ स्थान :- जिल्ला काठामाण्डौं का.म.न.पा. वडा नं.१२ । पीडित संख्या:- १ जना

“फरार प्रतिवादी पक्राउ"
२०८२-०२-०४

वादी नेपाल सरकार प्रतिवादी विकास देउला भएको प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अन्तर्गतको कसूर मुद्दा (०७५-C१-१४६४) मा सम्मानित काठमाडौँ जिल्ला अदालत, बबरमहलको मिति २०७६।०६।१० गतेको फैसला बमोजिम कैद १ वर्ष र जरीवाना रु. ५,०००/-(अक्षरेपि पाँच हजार मात्र) ठहर भई कैद तथा जरीवाना असुल गर्न बाँकी रही फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित भक्तपुर जिल्ला अदालत, भक्तपुर पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-    नामथर: विकास देउला    उमेर: ३६ बर्ष    ठेगाना : भक्तपुर जिल्ला भक्तपुर न.पा. ५ भेलुखेल    पक्राउ मिति: २०८२।०२।०३ गते    पक्राउ स्थान: भक्तपुर जिल्ला भक्तपुर न.पा. ५ भेलुखेल