“ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ ”
२०८२-०२-०६
- A
- A-
- A+
सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी जिल्ला धनुषा जनकपुरधाम न.पा. वडा नं. ४ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ४ ईमाडोल बस्ने बर्ष ४० को विपलव कुमार कर्णलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०२।०५ गते अं.२०:०० बजेको समयमा जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ४ इमाडोलबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
नाम थर :- विपलव कुमार कर्ण
उमेर :- ४० बर्ष
स्थायी वतन :- जिल्ला धनुषा जनकपुरधाम न.पा. वडा नं.
४
हाल :- जिल्ला ललितपुर महालक्ष्मी न.पा.
वडा नं. ४ इमाडोल
विगो
रकम :-
रु.१२,००,०००।– (बाह्र लाख)