" Honey Trap मा संलग्न व्यक्तिहरु पक्राउ "
२०८२-०२-०८
- A
- A-
- A+
आपराधिक लाभ लिने उद्देश्य राखी सामाजिक संजाल फेसबुक मार्फत चिनजान तथा सम्बन्ध वढाई ठमेल स्थित एक होटलमा बोलाइ खाजा तथा मादक पदार्थ सेवन गरी/गराई अचेत अवस्थामा पीडितको अश्लिल फोटो तथा भिडियो बनाई फेसबुक मेसेन्जरमा उक्त फोटो तथा भिडियोको स्क्रिनसर्ट पठाई काठमाण्डौमा घर तथा ४ आना जग्गा दिनु पर्छ नत्र यौन शोषणको मुद्धा लगाई दिन्छु लगायत विभिन्न किसिमका डर, धाक धम्कीहरु दिई पीडितसंग रकम माग गरी तत्काल रु,५,००,०००।– (पाँच लाख) को चेक काट्न बाध्य पारी लिई गएको भन्ने सूचना प्राप्त भए पश्चात यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न व्यक्तिहरुलाइ मिति २०८२।०२।०७ गते अं. १७:३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ११ हनुमानस्थानबाट पक्राउ गरी आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:-
१. नामथर : ममता तामाङ
उमेर : ३४ वर्ष
ठेगाना : जिल्ला कैलाली गोदावरी न.पा. वडा नं. १० दमौरा
हाल : जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ५ कालोपुल
२. नामथर: आँचल श्रेष्ठ भन्ने आँचल
चौगुठी
उमेर : ३४ वर्ष
ठेगाना: जिल्ला भक्तपुर,भक्तपुर
न.पा.वडा नं.१७ सल्लाघारी
हाल : जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ५ हाँडीगाउँ
बरामद सामाग्रीहरु:
Ø विभिन्न कम्पनीको मोबाईल थान-२
Ø प्राइम कमर्सियल बैंकको आँचल
चौगुठीको नाममा काटेको रु.५,००,०००।– लाखको चेक थान-१