“वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८२-०२-०९
- A
- A-
- A+
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीको लागि अमेरिका लैजाने भन्दै झुक्यानमा राखी विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने व्यक्तिलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०२।०९ गते जिल्ला काठमाण्डौ, का.म.न.पा.वडा नं.२६ नयाँबसपार्कबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
१) नाम : शक्ति खड्का
उमेर : ३० वर्ष
ठेगाना : जिल्ला रुकुम (पश्चिम), त्रिवेणी गा.पा. वडा न.०४ पोखरी
हाल: जिल्ला काठमाण्डौ, का.म.न.पा.वडा नं.२६ नयाँबसपार्क
देशः अमेरिका
बिगो रकमः रु. ५५,००,०००।- ( पचपन्न लाख )
पीडित संख्याः १ जना