“ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ ”
२०८२-०२-०९
- A
- A-
- A+
सम्मानित चितवन जिल्ला अदालत भरतपुरबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.१९ चिसापानी बस्ने वर्ष ४४ को सुदिप अर्याललाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०२।०८ गते जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा. वडा नं.१ दहचोकबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवन पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
नाम थर :- सुदिप अर्याल
उमेर :- ४४ वर्ष
स्थायी वतन :- जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा
नं.१९ चिसापानी
हाल :- जिल्ला काठमाण्डौ चन्द्रागिरी
न.पा. वडा नं.१ दहचोक