"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-११
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरु लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।
क्राउ व्यक्तिहरुको विवरण:-
१. नाम थर
:- विष्णुराज उप्रेती
उमेर :- ४१ वर्ष
स्थायी वतन
:- जिल्ला वारा कोहल्बी न.पा. वडा नं.०२ ।
हाल :- जिल्ला
काठमाण्डौं बुढानिलकण्ठ न.पा. वडा नं.०५ ।
देश :- यु.ए.इ.
बिगो रकम :- रु.५,७३,०००।-(पाँच लाख त्रिहत्तर हजार)
पक्राउ मिति :- २०८२/०२/०९ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.११ ।
पीडित संख्या:- १ जना
२. नाम थर
:- शन्त कुमार चेम्जोङ
उमेर :- ५८ वर्ष
स्थायी वतन :- जिल्ला पाँचथर फाल्गुनन्द गा.पा. वडा नं.०३ ।
हाल :-
जिल्ला ललितपुर ललितपुर म.न.पा. वडा नं.२७ ।
देश :- लाटभिया
बिगो रकम :- रु.१२,००,०००।-(बाह्र लाख)
पक्राउ मिति :- २०८२/०२/११ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.११ ।
पीडित संख्या:- १ जना