“फरार प्रतिवादी पक्राउ"
२०८२-०२-१२
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी महेश्वर खत्री भएको बैंकिङ कसुर मुद्दा(०८०-C१-१११४) मा सम्मानित भक्तपुर जिल्ला अदालत, भक्तपुरको मिति २०८१।०८।२६ गतेको फैसला बमोजिम कैद ५ दिन, जरीवाना बिगो बमोजिम ६,००,०००/-(छ लाख रुपैया) र पिडित राहत कोषमा क्षतिपूर्ति बापत रु २४,०००/-(चौबिस हजार रुपैया) ठहर भ ई कैद तथा जरीवाना असुल गर्न बाँकी रही फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित भक्तपुर जिल्ला अदालत, भक्तपुर पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: महेश्वर
खत्री
उमेर: ४४ बर्ष
ठेगाना : जिल्ला भक्तपुर सुर्यविनायक न.पा. ४ घर भई ऐ.ऐ. बस्ने
पक्राउ मिति: २०८२।०२।१२ गते
पक्राउ स्थान: भक्तपुर जिल्ला भक्तपुर न.पा. ३ भेलुखेल