"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१३
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरु लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:-
१. नाम थर
:-एलिया तामाङ
उमेर :- ३६ वर्ष
स्थायी वतन
:- जिल्ला कञ्चनपुर पुनरबास न.पा. वडा नं.०२
।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०७ ।
देश :- यु.के
बिगो रकम :- रु. ६,००,०००।-(छ लाख)
पक्राउ मिति :- २०८२/०२/१३ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०१ ।
पीडित संख्या:- १ जना
२. नाम थर
:- कृष्ण कुमार घिमिरे
उमेर :- ४० वर्ष
स्थायी वतन :- जिल्ला दोलखा बैतेश्वर गा.पा. वडा नं.०६ ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा
नं.१६ ।
देश :-क्रोएसिया
बिगो रकम :- रु.२,००,०००।-(दुइ लाख)
पक्राउ मिति :- २०८२/०२/१३ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ ।
पीडित संख्या:- १ जना