"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१४
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।
१. नाम थर
:- टोपेन्द्र राना मगर
उमेर :- ३६ वर्ष
स्थायी वतन
:- जिल्ला सल्यान कपुरकोट गा.पा. वडा नं.०२
।
हाल :- जिल्ला
काठमाण्डौं टोखा न.पा. वडा नं.०५ ।
देश :- जापान
बिगो रकम :- रु.४२,३०,०००।-(बयालीस लाख तिस हजार)
पक्राउ मिति :- २०८२/०२/१३ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०५ ।
पीडित संख्या:- २ जना
२. नाम थर :- ङिमा शेर्पा
उमेर :- ३९ वर्ष
स्थायी वतन
:- जिल्ला सोलुखुम्बु दुधकुण्ड न.पा. वडा
नं.०५ ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा
नं.०६ ।
देश :- पोल्याण्ड
बिगो रकम :- रु.४,२०,०००।-(चार लाख बिस हजार)
पक्राउ मिति :- २०८२/०२/१३ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.४ ।
पीडित संख्या:- २ जना
३. नाम थर :- शिवराम घिमिरे
उमेर :- ४० वर्ष
स्थायी वतन:- जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा. वडा नं.०२ ।
हाल :-
जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं.०५ ।
देश :- न्युजिल्याण्ड
बिगो रकम :- रु.९,५०,०००।-(नौ लाख पचास हजार)
पक्राउ मिति :- २०८२/०२/१३ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३१ ।
पीडित संख्या:- १ जना