" ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१४
- A
- A-
- A+
आफु CID मा कार्यरत प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक बताउने राम कुमार सापकोटा र अव्जन चदाराले वैदेशिक रोजगारको लागि दुबई जान भनि रु ३०,००,०००।–( तीस लाख ) रकम ठगीमा परेका व्यक्तिहरुको पैसा उठाई दिन्छु भनि पीडितसंग पटक पटक गरी जम्मा रु ४,५०,०००।–( चार लाख पचास हजार ) नगद तथा ग्लोबल आइ.एम.ई. बैंकको रु २,५०,०००।–(दुइ लाख पचास हजार)को चेक काट्न लगाई ठगी गरेको भन्ने व्यहोराको उजुरी यस कार्यालयमा प्राप्त हुन आएको हुँदा उक्त कार्यमा संलग्न राज कुमार सापकोटा र ओव्जन चदारालाई मिति २०८२।०२।१३ गते जिल्ला काठमाण्डौ कीर्तिपुर नगरपालिका वडा नं. १० ट्याङ्लाफाँटबाट पक्राउ गरी थप अनुसन्धान एंव आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:
१. नामथर : राम कुमार सापकोटा
उमेर : ३४ वर्ष
ठेगाना : जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. ७
हाल : जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.
२. नामथर : ओव्जन चदारा
उमेर : २८ वर्ष
ठेगाना : जिल्ला
बाजुरा बुढिनन्दा नगरपालिका वडा नं.३
हाल
: जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. ३