" डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०२-१९
- A
- A-
- A+
जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट न.पा. वडा
नं. ३ ढोडेनी स्थित विभिन्न व्यक्तिहरुलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर छ, हामी मिलाई दिन्छौ भनि प्रलोभन देखाई
डलरको आकारमा काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिई नेपाली नगद रु.३०,००,०००।–
(तिस लाख) ठगी गर्ने कार्यमा संलग्न रहेका व्यक्तिलाई जिल्ला सिन्धुपाल्चोक
बाह्रबिसे न.पा. वडा नं. ३ घर भएका तारा बहादुर तामाङलाई यस कार्यालयबाट खटिएको
प्रहरी टोलीले जिल्ला
भक्तपुर
चाँगुनारायण
न.पा. वडा नं.३
दुवाकोट बाट पक्राउ
गरी थप अनुसन्धान एंव आवश्यक कारवाहीको लागि
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:
१. नामथर : तारा बहादुर
तामाङ
उमेर : ३९ वर्ष
ठेगाना : जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं. ३
हाल : जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं.३ दुवाकोट
बरामद सामाग्री:
१. विभिन्न कम्पनीको मोबाईल थान -४
२. तारा बहादुर तामाङको नाममा
जारी भएको नेपाली नागरिकता प्रमाणपत्र थान-१
३. गौतम डुम्जनको नाममा जारी
भएको नेपाली नागरिकता प्रमाणपत्र थान-१