“८१ करोड ४७ लाख रकम बराबरको अनलाइन (जुवा) सट्टाबाजी गर्ने/गराउने समूहका १७ जना पक्राउ”
२०८२-०२-२०
- A
- A-
- A+
विभिन्न देशका नागरिकहरुलाई WhatsApp/Telegram मार्फत सम्पर्कमा ल्याई 711Bat.club र Unicon 365 नामक अनलाईन Betting Site को प्रयोग गरी हारजित हुने तवरले व्यवसायिक रूपमा अनलाईन जुवा (सट्टाबाजी) खेल्ने/खेलाउने कार्य भईरहेको भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला ललितपुर, ललितपुर म.न.पा. वडा नं.२६ जैनखेल भ्युटावर स्थित घर र जिल्ला ललितपुर, ललितपुर म.न.पा. वडा नं. १० नख्खु स्थित Sunrise Apparment को फ्ल्याट भाडामा लिई व्यवसायिक तवरले अनलाईन जुवा खेल्ने / खेलाउने कार्यमा संलग्न ५ जना भारतीय नागरिक र १२ जना नेपाली नागरिकहरुलाई मिति २०८२।०२।१९ गते निम्न बमोजिमको दशी सहित पक्राउ गरी बरामदी ल्यापटप तथा मोबाईलहरुको प्रारम्भिक अनुसन्धान गर्दा रु. ८१,४७,५७,४४६.४०।- (अक्षरुपी एकासी करोड सच्चालीस लाख सन्ताउन्न हजार चार सय छयालिस रूपैया चालिस पैसा) बराबरको अनलाईन जुवा कारोबार गरेको देखिन आएको हुँदा निजहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ को दफा १२५ बमोजिमको जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, जावालाखेल ललितपुर पठाईएको ।
बरामद सामानहरुको विवरण:-
१. विभिन्न कम्पनीको ल्यापटप थान-१४
२. विभिन्न कम्पनीको सिमकार्ड भएका/नभएका मोवाईलहरु थान-६०
३. विभिन्न बैंकको चेकबुक र वचत पासबुक थान-९
४. विभिन्न व्यक्तिहरुको नामको Visa कार्डहरू थान-१५
५. विभिन्न व्यक्तिहरुको नामको नेपाली राहदानी थान-४ र भारतिय राहदानी थान-४